उर्लाबारी । दैनिक मजदुरी गरी जिविकोपार्जन गर्दै आएकालाई परिवारलाई राहत वितरणका लागि उर्लाबारी नगरपालिकाले राहत संकलन गरिएको छ ।
नेपाल सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशैभरी लकडाउनको घोषणा गरेपछि उर्लाबारी नगरपालिकाले दैनिक मजदुरी गरी जिविकोपार्जन गर्दै आएको परिवारलाई राहत दिने तयारी थालेको हो ।
उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले चामल, भुजा, नुनलगायत खाद्यन्य संकलन भएको जानकारी दिनुभयो । उहाँले सबैलाई सकेको सहयोग गर्दिन पनि अनुरोध गर्नुभएको छ । उहाँले वास्तविक लक्षित समूदायले मात्र राहतका दिने पनि बताउनुभयो । चाँडैले राहत वितरण गर्ने योजना रहेको मेयर फागोले बताउनुभयो ।