पथरीमा कृतिम अभाव रोक्न निरन्तर अनुगमन 

मोरङ । कोरोना भाइरस संक्रमण रोक्न गरिएको वन्दका बेला बजारमा अत्यावश्यकीय वस्तुको कृत्रीम अभाव र कालोबजारी रोक्नका लागि मोरङको पथरी शनिश्चरे नगरपालिकाले बजार अनुगमन् कार्यलाई निरन्तरता दिइरहने भएको छ ।
पथरी उद्योग वाणिज्य संघ र इलाका प्रहरी कार्यालयका प्रतिनिधि सहितको नगर अनुगमन् समितिको बैठकले बजारमा कृत्रीम अभाव र कालोबजारी सिर्जना गर्न नदिन आफ्नो तर्फबाट सक्रियता बढाउने निर्णय गरेको हो ।
नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको बैठकले बजारमा कृत्रीम अभाव र कालोबजारी गरेको भेटिएमा कडा कारबाही गर्ने निर्णय गरेको छ । साथै अत्यावश्यकीय वस्तुको किनबेचमा भीडभाड हुन नदिई कम्तिमा २ मिटरको दुरी कायम गरेर सुरक्षित रहन सचेतता अपनाउने समेत निर्णय भएको छ । साथै नगरवासी कोही पनि बाहिर ननिस्किइ सुरक्षीत तबरले घरभित्रै वस्ने कुरामा कडाई गर्ने उल्लेख गरिएको छ ।
खाद्यान्न, औषधि सहितका अत्यावश्यकीय वस्तुको सहज आपूर्तिका लागि पथरी उद्योग वाणिज्य संघसँग समन्वय गर्ने पनि निर्णय भएको छ ।
बिहिबार, १३ चैत, २०७६, बिहानको ११:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर