इलाम । ईलामको रोङ गाउँपालिका–१ की ५० बर्षीया टिकामाया राईले खुर्पाले आफ्नै घाँटीमा प्रहार गरी आत्महत्या गरेकी छन् । रोङ गाउँपालिका–४ घर भई चैत्र ११ गते आफ्नो दाजुको घरमा आएकी राईले बुधवार दिउँसो करिव १ बजेको समयमा खुर्पाले आफ्नै घाँटीमा प्रहार गरी आत्महत्या गरेको जनाईएको छ ।
घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी मेची अस्पताल भद्रपुर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
करेन्ट लागेर १ जनाको मृत्यु
उदयपुरको त्रियुगा नगरपालिका–२ का २४ बर्षीय जोती कुमार राईको करेन्ट लागेर मृत्यु भएको छ । बुधवार दिउँसो पौने २ बजेको समयमा स्थानीय खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा घाईते भएका राईको उपचारको क्रममा सिभिल अस्पताल गाईघाटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरेहेको उक्त कार्यालयले जनाएको छ ।