लोड हुँदैछ...

मेनु

नेपालमा कोरोनाको तेस्रो संक्रमित

अपडेटः कतारबाट आएका धादिङका युवा तेस्रो संक्रमित

अपडेटः कतारबाट आएका धादिङका युवा तेस्रो संक्रमित

विराटनगर। नेपालमा कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति धादिङका ३२ वर्षीय पुरुष रहेको खुलेको छ ।

गत चैत ६ गते कतारबाट नेपाल आएका उनी काठमाडौंस्थित एक होटलमा रहेको बेला असहज महशुस गरेपछि अस्पताल आएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो ।

स्वास्थ्य असहज भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका उनको परीक्षणमा पोजेटिभ पाइएको बुधबार अस्पतालले सार्वजनिक गरेको हो । प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार थप एक व्यक्तिको रिपोर्टमा पोजेटिभ देखिएको छ ।

उनको टेकु अस्पतालकै आइसेलोसनमा उपचार भइरहेको छ। यसअघि संक्रमित पहिलो व्यक्ति उपचारपछि घर गइसकेको र एकजना उपचारको क्रममा रहेको बेला अर्को एकजनामा कोरोना संक्रमण देखिएको हो ।

नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ । सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।

चैत ४ मा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएको थियो । आइतबार उनमा संक्रमण पुष्टि भएपछि सरकारले लकडाउनको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।