विराटनगर । प्रहरीले कडाइ गरेपछि कोरोना भाइरसको जोखिम कम गर्न सरकारले आह्वान गरेको लकडाउनमा बुधबार प्रदेश १ ठप्प बनेको छ ।
मंगलबार लकडाउनका पहिलो दिन सर्वसाधारणले परिस्थितिको गम्भीरतालाई वास्ता नगरी सडकमा अनावश्यक रुपमा भिड जम्मा गर्ने र घुमफिर गर्ने गरेपछि प्रहरीले कडाइ गरेको हो ।
प्रहरीले लकडाउन उल्लंघन गर्ने सवारी साधन नियन्त्रणमा लिने, अटेर् गर्नेलाई पक्राउ गर्ने र सडकमा निस्कनेलाई सम्झाएर पठाउने गरेको छ । बुधबार बिहान लकडाउन उल्लंघन गरी सञ्चालन भएका १०९ मोटरसाइकल, २ कार, ४ सिटी सफारी, १ स्कुटर एउटा र १८ वटा साइकल नियन्त्रणमा लिएको छ भने लकडाउनमा अटेर गर्ने २ जनालाई विराटनगरमा पक्राउ गरेको छ ।




