लकडाउन उल्लंघन गर्नेलाई ६ महिना कैद/उल्लंघन गर्नेबाट रोग फैलिएमा १० वर्ष कैद

लकडाउन उल्लंघन गर्नेमाथि कडाई

मोरङमा दुई जना पक्राउ/सय बढि सवारी साधन प्रहरी नियन्त्रणमा

मोरङमा दुई जना पक्राउ/सय बढि सवारी साधन प्रहरी नियन्त्रणमा

विराटनगर । कोरोना भाइरसको जोखिम कम गर्न सरकारले आह्वान गरेको लकडाउन पालना गराउन प्रहरीले बुधबारबाट कडाइ गरेको छ ।

मंगलबार लकडाउनका पहिलो दिन सर्वसाधारणले परिस्थितिको गम्भीरतालाई वास्ता नगरी सडकमा अनावश्यक रुपमा भिड जम्मा गर्ने र घुमफिर गर्ने गरेपछि प्रहरीले कडाइ गरेको हो ।

मोरङ प्रहरीले बुधबार बिहान लकडाउन उल्लंघन गरी सञ्चालन भएका १०९ मोटरसाइकल, २ कार, ४ सिटी सफारी, १ स्कुटर एउटा र १८ वटा साइकल नियन्त्रणमा लिएको छ । यसैगरी लकडाउन उल्लङ्घन गरेको आरोपमा विराटनगरमा २ जना फत्राउ परेका छन् ।

मोरङ प्रहरी प्रबक्त्ता डिएसपी मानबहादुर राईले अनुसार बुधबारदेखि सुरक्षाकर्मी परिचान गरेर निगरानी सुरु गरिएको बताउनुभयो । लकडाउनको अवधिमा अनावश्यक रुपमा सडकमा मानिसहरु आएपछि कडाइ गरिएको हो ।

विराटनगर महानगरपालिकामा लकडाउनको उल्लङ्घन गर्ने बखरीका ३४ वर्षीय दशरथ शाह र कञ्चनबाडीका ३२ वर्षीय नीतेश शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको हो । लकडाउनको उल्लङ्घन गर्दै प्रहरीसित वादविवाद गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

बुधबार प्रदेश १ का सबै जिल्लामा कडाईका साथ लकडाउनको निगरानी गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । आज अत्यावश्यक बाहेकका पसल बन्द रहेको र प्रदेशभरी सडकसमेत सुनसान रहेको प्रहरीको भनाइ छ ।

विराटनगर, इटहरी, धरान अघिल्लो दिनको तुलनामा आज चकमन्न छन् । बिरलै रुपमा अत्यावश्यक साधनहरु मात्र दौडिएका छन् । मोरङका बिराटचौक, उर्लाबारी, बेलबारी, पथरी पनि अघिल्लो दिनको तुलनामा सुनसान छन् । झापाको दमक, बिर्तामोडलगायतका शहरहरुमा पनि कुनै चहलपहल छैन ।

मोरङको ईलाका प्रहरी कार्यलय बेलबारीले बुधबार बिहानै लकडाउन उल्लंघन गरेको आरोपमा १ सय बढी मोटरसाईकल नियन्त्रणमा लिएको छ । कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि मंगलबारबाट सरकारले शुरु गरेको लकडाउनको दोस्रो दिन नियम उल्लंघन गर्दै मोटरासईकल कुदाउनेहरुलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय बेलबारीका ईन्स्पेक्टर गुणराज बुढाथोकीले जानकारी दिनुभयो । उर्लाबारी र पथरीमा सडकमा ढाट नै लगाईएको छ ।

प्रहरीले विराटनगरको गुद्री बजारको सबै तरकारी पसल बन्द गराएको छ। गुद्रीमै रहेका खाद्यान्नका सबै किराना पसल पनि बन्द गराएको छ।

विराटनगरमा भाटभटेनी, सेन्ट्रल मल र आरके सिटी सेन्टरको ग्रोसरी भने खुल्ला रहेका छन् । सिटी सेन्टरले होम डेलिभरी सेवा पनि सञ्चालन गरेको छ । लकडाउनका कारण विराटनगरको मुख्य बजार बन्द छ। मेनरोड सुनसान छ। भित्री टोले पसलहरू भने आधा सटर लगाएर सञ्चालनमा छन्।

बयरबन

लकडाउन उल्लंघन गर्नेलाई ६ महिना कैद/उल्लंघन गर्नेबाट रोग फैलिएमा १० वर्ष कैद

नागरिक सुरक्षाको लागि सरकारले लकडाउनको आदेश जारी गरेको हो । तर, यसको उल्लंघन भइरहेको छ । यसो गर्नु भनेको सरुवा रोगसम्बन्धी कानुन उल्लंघन गर्नु पनि हो।

मुलुकी अपराध संहिता २०७४ को दफा १०६ मा सरुवा रोगको सम्बन्धमा जारी गरेको नियम, निर्देशन वा आदेश उल्लंघन गर्न नहुने भनिएको छ। सरकारले यतिबेला सरुवा रोग फैलिन नदिन घरबाहिर ननिस्किन आदेश गरेको छ। यदि उक्त आदेश पालना नगरेर घर बाहिर निस्किए ६ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।

यदि यो नियम, निर्देशन वा आदेश उल्लङ्घन गरेको कारणबाट कसैको ज्यान जान सक्ने अवस्था रहेछ भने त्यसलाई १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना हुनसक्छ। लकडाउन उल्लंघन गर्दा कोरोनको महामारी फैलनसक्छ । यसबाट अन्यको ज्यान जानसक्छ । नियतपूर्वक वा जानीजानी यसो गरेमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना तथा लापरवाहीपूर्वक गरेको भए ५ वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना र हेलचक्य्राईँपूर्वक गरेको भए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना गर्ने कानुनी प्रावधान छ।

बुधबार, १२ चैत, २०७६, बिहानको ११:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर