मोरङका राजनीतिक दलको एउटै स्वर

घरमै बस्न सर्वसाधरणलाई आग्रह/कुनै समस्या भए यी डाक्टरलाई सम्पर्क गरौं

विपन्नको पहिचान गरी राहत उपलब्ध गराउन माग

विराटनगर । कोरोना भाइरसका कारणले मुलुक लकडाउनमा भएको बेला मोरङका राजनीतिक दलका प्रतिनिधिको भेलाले घरमै बस्न आग्रह गरेको छ ।

नेकपा मोरङको पार्टी कार्यालयमा बसेको राजनीतिक दलको भेलाले सबैमा सकारात्मक सन्देश प्रवाह गर्न समेत आग्रह गरेको छ । अति बिपन्न र गरिबहरुलाई विहान बेलुका छाक टार्न समस्या पर्ने हुँदा उनीहरुको पहिचान गरि सुरक्षाको वातावरण मिलाउन सरकारसँग आग्रह गरेको छ ।

त्यसैगरि दैनिक उपभोग्य सामाग्री चामल, दाल, पिठो, ग्याँस, नुन, तेल, तरकारी, साबुन, पानी, औषधी जस्ता बस्तुहरुको सुलभ रुपले उपलब्ध गराउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र प्रशासनलाई आग्रह गरेको छ । भेलाले जारी गरेको सूचनामा परिवार, टोल, छिमेक र समाजमा कोही बिरामी परेमा उल्लेखित अस्पतालका चिकित्सकसँग परामर्श र समन्वय गर्न आग्रह गरेको छ ।

डा. गोबिन्द कँडेल (मेची अस्पताल, भद्रपुर झापा -९८४५०४८३८८)
डा. मनिष सुबेदी (मेची अस्पताल, भद्रपुर झापा -९८५२०४८५१६)
डा. लक्ष्मीनारायण यादव (कोशी अस्पताल, विराटनगर- ९८५१०२९९१७)
डा. डेनप्रसाद आचार्य (कोशी अस्पताल, विराटनगर- ९८५११५६८८७)
डा. दीपक सिग्देल (कोशी अस्पताल, विराटनगर- ९८५२०२२९०४)
डा. उत्तर मैनाली (कोशी अस्पताल, विराटनगर -९८५२०५३००२)
डा. दिनेश न्यौपाने (कोशी अस्पताल, विराटनगर -९८५२०३०७१८)
डा. मुक्ति भट्टराई (लाइफलाइन अस्पताल, दमक झापा -९८५२६७०२५८)
डा. निकेशराज श्रेष्ठ (न्यूरो अस्पताल, विराटनगर- ९८५२०४५०८३)
डा. राजिव श्रेष्ठ (न्यूरो अस्पताल, विराटनगर -९८०२७९१२६०)
डा.विकास साह (बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरान -९८५२०६२२५५)

डा.दिपेश आचार्य (पूर्वाञ्चल बिश्वबिद्यालय, गोठगाँउ-९८५१०९२७३४)
डा. पुरु कोइराला (विराट मेडिकल कलेज, विराटनगर-९८५२०३४१९०)
डा. बैभव मल्लिक (इलाम अस्पताल, इलाम – ९८४१०५०९४४)
डा. राजेन्द्र पाण्डे (रंगेली अस्पताल, मोरङ -९८५११२२२२२)
डा. योगेश मण्डल (मंगलबारे अस्पताल, मोरङ -९८५२०४२१९०)
डा. सन्तोष राई (इनरुवा अस्पताल, सुनसरी – ९८६०७७७०६६)
डा. जीवनारायण मण्डल (उदयपुर अस्पताल, उदयपुर -९८५२८३५६१४)
डा. बिशाल नेपाली (पाँचथर अस्पताल पाँचथर -९८०७२६३१५८)
डा. सोसिङ लामा (ताप्लेजुङ्ग अस्पताल -९८६७१८९९३५)
डा. आनन्द देव (तेह्रथुम अस्पताल -९८५२०६०१८०)
डा.सन्तोष देव (ओखलढुङ्गा अस्पताल -९८५७६५०८८५)
डा.शैलेश श्रेष्ठ (खोटाङ अस्पताल -९८४३६९७२८२)
डा. पुजन बिश्वकर्मा (धनकुटा अस्पताल -९८५२०६१६३९)
डा.पबित्रा श्रेष्ठ (भोजपुर अस्पताल -९८५२०५२१८८)
डा. श्यामसुन्दर झा (संखुवासभा अस्पताल -९८५२०३२१८८)
डा. सानी शेर्पा (सोलुखुम्बु अस्पताल -९८६२६८९८९१)

मङ्गलबार, ११ चैत, २०७६, रातीको ११:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर