नयाँ दिल्ली । भारतमा भोलीदेखि २१ दिनसम्म कडा कफ्र्युको आव्हान गरिएको छ । कोरोना भाइरसको बढ्दो संक्रमण बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा २१ दिन लामो लकडाउन घोषणा गर्नुभएको हो । आज साँझ विशेष सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले ‘जनता कर्फ्यू’ भन्दा पनि कडा किसिमको लकडाउनको घोषणा गर्नुभएको हो ।
मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै भन्नुभयो, ‘हिन्दुस्तान बचाउनका लागि आज राति १२ बजेदेखि देशमा पूरै लकडाउन गरिनेछ। यो जनता कर्फ्यू भन्दला कडा हुनेछ। यो २१ दिन लामो हुनेछ।’ घरबाट बाहिर निस्किने कुरा २१ दिनका लागि कल्पना पनि नगर्न मोदीले चेतावनी दिनुभएको छ । ‘२१ दिन नसम्हालिने हो भने तपाईंको देश भारत र तपाईंको परिवार २१ वर्ष पछि पर्नेछ,’ मोदीको भनाइ छ ।
प्रधानमन्त्री मोदीले विश्वका शक्तिशाली देशलाई पनि कोरोनाले थला पारेको बताउँदै भारतसँग यसबाट बच्न अर्को कुनै विकल्प नरहेको बताउनु भएको छ ।