प्रदेश १ सरकारले घोषणा गर्यो जनसुरक्षाकोष

कोषमा प्रदेश सरकारको १० करोड रुपैयाँ जम्मा

विराटनगर । प्रदेश सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि जन सुरक्षाकोष स्थापना गरेको छ । मङ्गलबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले जन सुरक्षाकोष स्थापना गर्ने निर्णय गरेको हो । कोषमा प्रदेश सरकारले १० करोड रुपैयाँ जम्मा गरेको जनाएको छ ।

प्रदेश सरकारले स्थापना गरेको जन सुरक्षाकोषमा सरकारका मुख्यमन्त्री, मन्त्रीहरु र राज्यमन्त्रीले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना इन्फर्मेसन डेक्स स्थापनागर्ने निर्णय पनि गरेको छ । सरकारले सबै मन्त्रालयमा कोरोना फोकल पर्सनको रुपमा एक जना अधिकृतलाई जिम्मेवारी दिने र सम्बन्धित मन्त्रालयमा प्राप्त भएका सूचनाहरु हरेक दिन इन्फर्मेसन डेस्कमा अपडेट गराउनु पर्ने व्यवस्था गर्ने निर्णय भएको छ ।

यसै बीचप्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषलाई एक महिनाको पारिश्रमिक बराबरको रकम प्रदान गर्ने घोषणा गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयका तर्फबाट निजी सचिवालय सदस्य खेमराज अधिकारीले जारी गर्नुभएको विज्ञप्तिमा कोषमा रकम प्रदान गर्ने उल्लेख छ ।

प्रदेश सरकारले जन सुरक्षाकोष स्थापनागर्नु अगाडि सोमबार विराटनगरका उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले प्रदेश सरकारले स्थापना गर्ने कोषमा ११ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।

मङ्गलबार, ११ चैत, २०७६, रातीको ०८:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर