भरतपुर अस्पतालमा मृत्यु हुने विरगञ्जका सन्तोष यादव

लुपस (Lupus) भन्ने रोगबाट पीडित रहि मिर्गौलासमेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनिया भएपछि उनी अस्पताल भर्ना भएका थिए

लुपस (Lupus) भन्ने रोगबाट पीडित रहि मिर्गौलासमेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनिया भएपछि उनी अस्पताल भर्ना भएका थिए

चितवन । चितवनको भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ ।

मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएका बीरगञ्ज २२ जगन्नाथपुर निवासी ३० वर्षीय सन्तोष यादवलाई कोरोना भएको वा नभएको स्पष्ट भइसकेको छैन ।

यादव लुपस (Lupus) भन्ने रोगबाट पीडित रहि मिर्गौलासमेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्षण देखिएपछि चितवन मेडिकल कलेजबाट रिफर भएर कोरोनाको आशंकामा अस्पतालमा भर्ना भएको अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीले जानकारी दिनुभयो ।

चैत ९ गते कोरोना भएको आशंकामा कोरोना विशेष अस्पतालमा भर्ना भएका यादवको चैत १० गते सोमबार स्वाब परीक्षणको लागि काठमाडौं पठाएको अस्पतालले जनाएको छ । सोमबार अपरान्हबाट स्वासप्रश्वासमा समस्या आएपछि अस्पतालको आईसीयुमा भर्ना गरिएका उनको मंगलबार विहान ९ः३० बजे मृत्यु भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उनको रिपोर्ट आउन बाँकी रहेको र रिपोर्ट नआएसम्म शव आइसोलेसनमै राखिने डा. अधिकारीले जानकारी दिनुभएको छ । उनको कोरोना संक्रमण या अन्य कारणले मृत्यु भएको भन्ने यकिन भइसकेको छैन ।

मङ्गलबार, ११ चैत, २०७६, दिउँसोको ०१:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर