धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोना भाईरस अर्थात (कोभिड १९) को संक्रमणको जोखिमलाई कम गर्न सोमबारबाट १५ वटा हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको छ ।
अस्पतालमा धेरै भिडभाड नहोस् भनेर प्रतिष्ठानले सर्वसाधारणहरुलाई घरबाटै स्वास्थ्य परामर्श लिन सहज होस् भनेर यस्तो व्यवस्था गरिएको प्रतिष्ठानका सह प्रवक्ता डा.अशोक ऐरले जानकारी दिनुभएको छ ।
डा. ऐरका अनुसार सम्बन्धित विभागको नम्बरमा आवश्यक परामर्श लिन (बिहान ९ बजे देखी बेलुका ५ बजे सम्म) तथा कुनै पनि बिरामी ले (इमर्जेन्सी बाहेक) दिइएको हेल्प लाईनमा परामर्श लिन र आवश्यक परेमा चिकित्सकले आफै अस्पतालमा बोलाउने समेतको सुबिधा दिईने ब्यवस्था गरेको छ ।
साथै डा. ऐरले सम्बन्धी ब्यक्तिले परामर्ष लिदा छोटो र उपयुक्त परामर्श लिनुहुन अनावश्यक फोन नगरिदिनु पनि अनुरोध गरेको छ ।
प्रतिष्ठानका अनुसार १३ वटा हेल्पलाइन सेवा विभिन्न विभागलाई दिइएको छ भने २ बटा अति आबश्यक ईमेरजेन्सी सेवा समेत सुचारु ग्रिएको छ ।
जहा कोरोना भाईरस बिरामीका लागी मोवाई नम्बर ९८०२७९५२५२ र ९८०२७९५३४९ डेन्टल डिपार्टतर्फ मोवाईल नम्बर ९८०५३१६७३० पेडियाट्रिक्स तर्फको मोवाईल नबर ९८०२७९५३४३ डर्माटोलोजी तर्फको मोवाईल नम्बर ९८०५३१६७९१ ईमेरजेन्सी मेडिसिन तर्फको मोवाईल नम्बर ९८०५३१६७०६ साईकेट्री तर्फको मोवाईल नम्बर ९८०५३१६७८५ अर्थाैपेडिक्स तर्फको मोवाईल नम्बर ९८०५३१६७०५ सर्जरी तर्फको मोवाईल नम्बर ९८०५३१६७०९ ईएनटी तर्फको मोवाईल नम्बर ९८०५३१६७०३ ईन्टरनल मेडिसिन तर्फको मोवाईल नम्बर ९८०५३१६७२५कार्डियोलोजी तर्फको मोवाईल नम्बर ९८०५३१६८१६ अफ्थालमोलोजी तर्फको मोवाईल नम्बर ९८०५३१६८२९ गाईनोक्लोजी तर्फको मोवाईल नम्बर ९८०५३१६८३४ र पल्मोनरी तर्फको मोवाईल नम्बर ९८०५३१६८२५ मा सम्र्पक गर्न सकिनेछ भने कोरोनाको शंका लागेका बिरामीहरुले अस्पताल आउनुपूर्व सम्बन्धित विभागको हेल्पलाइनमा सम्पर्क गरेर मात्र आउन अस्पताल सहायक निर्देशक डा.विकास साहले जानकारी दिनुभयो ।
यसैबीच आजदेखि लामो रुटको गाडी बन्दको कारण धरानको भानुचोकमा अलपत्र परेका यात्रुहरुलाई गाडीको व्यवस्था गरेर गन्तव्यतर्फ पठाइएको छ । धरान उपमहानगरपालिका,स्थानीय प्रहरी र यातायात व्यवसायीहरुको सहकार्यमा ५ वटा गाडीको व्यवस्था गरि धरानको भानुचौकमा उलपत्र परेका यात्रुहरुलाई गन्तव्यतर्फ पठाएको हो ।
जसका लागी भोजपुर जिल्ला जानेहरुका लागी २ वटा गाडी, संखुवासभाका लागी १ र तेह्रथुमका लागी २ वटा गाडीको व्यवस्था गरि यात्रुहरुलाई पठाइएको धरानका मेयर तिलक राईले जानकारी दिनुभएको छ ।
उता ईलाका प्रहरी कार्यलय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले एक जिल्लाबाट अर्को जिल्लाको यातायात नचल्ने भए पनि पहाडी जिल्लाका यात्रुहरु अलपत्र परेकोले गाडीको व्यवस्था गरेर पठाइएको बताउनुभएको छ ।