विराटनगर । विराटनगरका युवा नेता एवं सामाजिक अभियन्ताले राकेश रोशन यादवले प्रदेश सरकारलाई होस्टेल हस्तान्तरण गर्ने घोषणा गरेका छन ।
यादवले कोरोना भाइरसको क्वारेन्टाइनका लागि प्रदेश सरकारलाई होस्टेल नि:शुल्क हस्तान्तरण गर्ने घोषणा गरेका हुन । उनले कोरोना सङक्रमित वा शंकास्पद व्यक्तिको उपचारका लागी आवश्यक भौतिक पूर्वाधारलाई पुर्ति गर्न १६ वटा कोठे “हाम्रो नेपाल होस्टेल” नि:शुल्क उपलब्ध गराउने बताए । उनले प्रदेश सरकारको कोरोना विरुद्धको लडाईमा आफ्नो दायित्व बोध गर्दै प्रदेशको बासिन्दा भएको नाताले भाईरसको सङक्रमण फैलिन नदिन क्वारेन्टाइन निर्माणका लागि होस्टेल हस्तान्तरण गर्ने घोषणा गरेको जानकारी दिए ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सङक्रमणबाट हाल विश्व नै आतङकित भएको छ । नेपाल पनि उच्च जोखिमको सूचीमा रहेको हुँदा प्रदेश सरकारको पुर्वतयारीमा सघाउ पुर्याउन यादवको यस योगदानले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास लिईएको छ ।