कोरोनाबाट ८ हजारको मृत्यु, २ लाख बढी संक्रमित

बुधबारसम्म कोरोना भाइरसबाटबाट विश्वभर ८ हजार ९ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या २ लाख ७१ पुगेको छ । भाइरसको संक्रमणपछि उपचार गरेर ८२ हजार ८ सय ३१ जना घर फर्किएको विश्व स्वास्थ्य संगठनले जनाएइको छ ।

बुधबार मात्र १ हजार ३ सय ८७ जना नयाँ बिरामी भेटिएका छन् भने ४२ जनाको मुत्यु भएको छ । एसियामा पर्ने मलेसियामा बुधबार ११७ नयाँ बिरामी भेटिएका छन् ।

जापानमा ४ जना नयाँ बिरामी भेटिएका छन् भने दक्षिण कोरियामा ९३ जना नयाँ बिरामी भेटिएका छन् । चीनमा १३ जना नयाँ बिरामी भेटिएका छन् भने ९२२ जना डिस्चार्ज भएका छन्।

भारतमा ५ जना नयाँ बिरामी भेटिएका छन्। भारतीय सेनामा पहिलो पटक कोरोना भेटिएको छ, जसका बुबा इरानको तीर्थयात्राबाट फर्किएका थिए। श्रीलंकामा १ जना नयाँ बिरामी भेटिएका छन्। बंगलादेशमा एउटा नयाँ केस भेटिएको छ।

इन्डोनेसियाममा ५५ जना नयाँ बिरामी भेटिएका छन् भने १२ जनाको मुत्यु भएको छ । जर्मनीमा ४७ जना नयाँ बिरामी भेटिएका छन् भने
नर्वेमा १३ जना नयाँ बिरामी भेटिनुका साथै १ जनाको मुत्यु भएको छ । बेलारूसान १५ जना नयाँ बिरामी भेटिएका छन् भने फिलिपिन्समा १५ जना नयाँ बिरामी भेटिनाका साथै ३ जनाको मुत्यु भएको छ ।

इजरायलमा ९० जना बिरामी भेटिएका छन्भने संयुक्त राज्य अमेरिकामा १११ जना नयाँ बिरामी भेटिएका छन् । बुधबार अमेरिकामा ७ जनाको मुत्यु भएको छ।
थाइल्याण्डमा ३५ नयाँ बिरामी भेटिएका छन् भने अस्ट्रेलियामा १०५ जना नयाँ बिरामी भेटिएका छन् । त्यहाँका नागरिकलाई सम्पूर्ण देशमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ। (एजेन्सीको सहयोगमा)

बुधबार, ०५ चैत, २०७६, रातीको ०९:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर