विराटनगर । सरकारले चैत ६ गतेबाट सञ्चालन गर्ने तय गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) अघिल्लो दिन स्थगित गरेको छ ।
परीक्षा सुरु हुने अघिल्लो दिन बुधबार साँझ मात्र सरकारले परीक्षा स्थगित गरेको हो । जोखिम बढ्न नदिन परीक्षा स्थगित गरिएको शिक्षामन्त्री गिरिराजमणी पोखरेलले जानकारी दिनुभयो ।
परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी हुँदै थिए । कोरोनाबारे निर्णय गर्न सरकारले उपप्राधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको समन्वय समितिले परीक्षा स्थगित नगर्ने निर्णय गरेको थियो । लगत्तै बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले परीक्षा स्थगित गर्नुपर्ने सुझाब दिएपछि परीक्षा स्थगितको निर्णय भएको हो ।
स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन । यस वर्ष करिब ५ लाख विद्यार्थीले एसईई दिँदै थिए ।