प्रदेश २ को नाम र राजधानीको विषय अझै टुंगिएन

प्रस्तावित तीनवटै प्रस्ताव मतदानबाट अस्वीकृत

काठमाण्डौ । प्रदेश नं. २ का लागी प्रस्तावित तीनवटै प्रस्ताव अस्वीकृत भएका छन ।

नेपाली कांग्रेसका सांसद राजेश्वर साहले राखेको मध्यप्रदेश नामको प्रस्तावमाथि मंगलबार प्रदेशसभामा मतदान भएको थियो । उक्त प्रस्तावका पक्षमा प्रदेशसभाका ४२ जनाले मत खसेको थियो भने विपक्षमा ६५ मत खसेको थियो । प्रदेशको नाम राख्न दुई तिहाई मत चाहिन्छ । यसअघि प्रदेशसभामा कांग्रेसले नै प्रस्ताव गरेको मिथिला भोजपुरा नाम पनि अस्वीकृत भएको थियो । कांग्रेसले राखेको प्रस्तावको पक्षमा २८ मत र विपक्षमा ७९ मत खसेको थियो । कांग्रेसबाट प्रदेश २ मा १९ सांसद छन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रस्ताव गरेको जानकी नाम पनि अस्वीकृत भएको छ । नेकपाका ३२ सांसद प्रदेशसभामा छन । जानकी नामका पक्षमा ३७ मत खसेको थियो भने विपक्षमा ७० मत खसेको हो । अहिले प्रदेशसभामा सत्तारूढ समाजवादी राजपाले प्रस्ताव गरेको मधेश प्रदेश नाममाथि मतदान भइरहेको छ ।

प्रदेशसभामा एक सय सात जना सांसद छन । प्रदेशसभामा समाजवादीको ३०, राजपाको २५ सांसद छन ।

मङ्गलबार, ०४ चैत, २०७६, साँझको ०७:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर