विराटनगर । कोरोना भाईरसको प्रभाव रोक्न असफल बन्दै गएपछि ईटालियन सरकारले ८० वर्ष नाघेकाहरुको उपचार नगर्ने भएको छ ।
इटलीयन प्रधानमन्त्री गिसेप कन्तको भनाइलाई आधार मान्ने हो भने अब कोरोना भाइरस लागेका ८० वर्ष माथिका वृद्धवृद्धाले उपचार नपाएर मर्नुपर्ने भएको छ । प्रधानमन्त्री कन्तको यो दुःखद अभिव्यक्ति आएपछि संसारभर अझै त्रास फैलिएको छ भने अमानवीय अभिव्यक्ति भन्दै चर्को आलोचना भएको छ । नेपालमा पनि यो विषय सामाजिक संजालमा चासो, चिन्ता र दुःख व्यक्त गर्दै स्टाटसहरु लेख्न थालिएको छ । पत्रकार देबेन्द्र कोइरालाले ‘स्तब्ध पार्ने समाचार’ भन्दै ‘कोरोना भाईरसको प्रभाव अत्यन्त्र द्रुत गतिमा बढ्दै गएपछि ईटालियन सरकारले अब ८० वर्ष नाघेकाहरुको सघन उपचार नगर्ने भएको छ । त्यस्तो उमेरका बृद्धलाई कोरोना भाईरस लागेको पाइएमा मर्न दिने निर्णय गरेको त्यहाँका प्रधानमन्त्री गिसेप कन्तले सार्वजनिक गरेको भन्दै बेलायती अखबार डेली मेलले उल्लेख गरेको छ ।
त्यस्तो उमेरका वृद्धलाई कोरोना भाईरस लागेको पाइएमा मर्न दिने निर्णय गरेको त्यहाँका प्रधानमन्त्री गिसेप कन्तले सार्वजनिक गरेको भन्दै बेलायती अखबार डेली मेलले उल्लेख गरेको छ ।’
कोरोभा भाईरसको संकट तिब्र बन्दै जाँदा विरामीहरुको चापले अस्पत्तालमा विशेष र सघन उपचारकालागि पर्याप्त बिधि, चिकित्कस र बिस्तारा नभएको भन्दै त्यहाँको संकट ब्यवस्थापन ईकाईले सरकारलाई यस्तो सुझाव दिएपछि ईटालियन प्रधनमन्त्रीले यस्तो निर्णय गरेको बताइएको छ ।
डेल्ली मेलमा उल्लेखित समाचार अनुसार इकाईले युद्द र संकटका बेला कस्ता कस्ता अवस्था, उमेर र स्वास्थ्यको अवस्थाका आधारमा उपचार गर्ने वा मर्न दिने निर्णय अपनाईने हुँदा ईटालीलेपनि अब त्यहि निति अपनाउनुपर्ने सुझाव दिएको हो ।
समाचारका अनुसार चिकित्शकहरु कुन अवस्थाका विरामीको उपचार गर्ने र कुन अवस्थाका विरामीलाई मर्न दिने भन्ने निर्ण्य गर्नुपर्ने सुझाव दिएका छन्।
ईटालियन प्रधानमन्त्री गिसेपले आफ्नो देश ज्यादै जोखिमपूर्ण अवस्थामा पुगेको तर जोखिमको टुप्पोमा अझै पुग्न बाँकि रहेको बताएका छन् ।
ईटालियन जोखिम ब्यवस्थापन ईकाईले तयार पारेको रिपोर्टका अनुसार आकस्मिक कक्षमा ल्याइएका विरामीको उपचार गर्दा उसको अन्य स्वास्थ्य स्थिति, रोगका बारेमापनि नियालीने छ । अस्पत्तालमा प्राप्त बेड र उपलब्ध साधन स्रोत हेरेरमात्रै तिनलाई कस्तो स्वास्थ्य सुविधा दिने निर्णय गरिने छ ।
हेर्नुहोस् डेली मेलको लिंक
https://www.dailymail.co.uk/news/article-8116223/Italian-coronavirus-victims-80-not-receive-intensive-care.html?ito=social-facebook&fbclid=IwAR1oFpTSseSR6JtyobEWqpuoJZdLFrkS-qgnln4Oo9l8RBZjd3RruHuy150&fbclid=IwAR32lv8bAEoMWt7G9AisvAygQNgDY5jGMsuP-bafWMcLR8KEW-PyjqhDJz8