काठमाडौं । भारतले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रहरुमाझ कोभिड-१९ सार्क आपतकालीन कोष स्थापना गर्ने प्रस्ताव राखेको छ ।
कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न आफ्नो पहलमा भएको सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुको भिडियो कन्फ्रेन्स भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो प्रस्ताव राखेका हुन् । उनले कोषमा भारत सरकारको तर्फबाट तत्काल १० मिलियन अर्थात एक करोड अमेरिकी डलर दिने मोदीले घोषणा गरेका छन । उनले कोषमा जम्मा भएको रकम आपतकालीन कार्यमा जुन सुकै देशले प्रयोग गर्न सक्ने गरी कोषमा जम्मा गरिएको जानकारी समेत दिएका छन ।
भारतले बिशेषज्ञ र डाक्टर संलग्न र्यापिड रेस्पोन्स टिम बनाइरहेको र टेष्ट किड जम्मा गरेको भन्दै मोदीले कुनै देशलाई आवश्यक भए सहयोग समेत गर्ने जिकिर गरेका छन । महामारीजन्य रोगमा अनुसन्धान गर्न साझा मञ्च बनाउनुपर्ने धारणा व्यक्त गर्दै मोदीले यसका लागी भारतको मेडिकल रिसर्च काउन्सिलले पनि समन्वय गर्नसक्ने उल्लेख गरे ।
छलफलमा बङगलादेश, पाकिस्तान र माल्दिभ्सका सार्क परराष्ट्रमन्त्रीहरुको पनि भिडियो कर्न्फेन्स गर्न र विश्व स्वास्थ्य संगठन जस्ता एजेन्सीहरुलाई पनि छलफलमा सहभागी गराउन प्रस्ताव राखिएको थियो । साथै सबैले कोभिड १९ को संक्रमणबाट जोगिन सार्क राष्ट्रहरुबीच सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।