विराटनगर । नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय कार्यालयले कानूनी प्रावधान विपरित धेरे बोलकबोल गर्ने कम्पनीको प्रस्ताव स्वीकृत गरेर ठेक्का लगाएको पाइएको छ । नेपाल टेलिकमले विराटनगरले दुई वर्षको लागि करारमा खोलेको सुरक्षा गार्डको आपूर्तिमा अनियमितता भएको आरोप लागेको हो ।
गत मंसिर २४ गते बोलपत्र फारम खुल्दा विराट गोर्खाले ९ करोड ५६ लाख ६ हजार ८ सय १९, कान्तिपुरले ९ करोड ६२ लाख हजार ९० हजार ४ सय ३५ रुपैयाँ, ब्लुवर्डले ९ करोड ६३ लाख ७० हजार १ सय ६ र डिलक्स सेक्युरेटीले ९ करोड ६० लाख ७० हजार ९ सय ४२ रूपैयाँ कबुल गरेका थिए । ‘सेल्स टन ओभर’ नपुगेको र सम्झौताको सर्तहरू पुरा नगरेको देखाउँदै आवेदन दिएका मध्ये सबैभन्दा कम कबुलेत रकम राख्ने विराट गोर्खा सेक्युरेटी प्रालिको आवेदन अस्वीकृत गरि टेलिकमले २४ माघमा कान्तिपुर सेक्युरीटि प्रालिको आवेदन स्वीकृत गरि आसयपत्र जारी गरेको थियो । स्रोतका अनुसार कान्तिपुर सेक्युरीटिले व्यवस्थापन खर्चवापत प्रति जवानको मासिक पारिश्रमिकको अधिकतम १० प्रतिशत अर्थात ८ सय रुपैयाँको दरले घटाएर जम्मा ९ वटा विवरण उल्लेख गरि ९ करोड ६२ लाख ९० हजार ४ सय ३५ रुपैयाँ कबोल गरि विवरण पेश गरेका थिए ।
टेण्डर प्रक्रियामार्फत खोलिएको बोलपत्रमा कम मुल्याङ्कन कबुल गरेको कम्पनीलाई अस्वीकृत गरि १ लाख ४४ हजार २ सय ८० रुपैयाँ बढी मुल्याकन गरिएको काठमाडौंको कान्तिपुर सेक्युरिटी प्रालिको नाममा टेलिकमले स्वीकृतसहितको आशयपत्र जारी गरेपछि अनियमितताको आरोप लागेको हो ।
नेपाल टेलिकम क्षेत्रीय कार्यालयले पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय अन्तर्गतका कार्यालयहरूमा रहेको उपकरण र भवनको सुरक्षाका लागि गत २४ कार्तिकमा २ सय १६ जना सुरक्षागार्ड आपूर्तिको लागि करारमा लिन बोलपत्रको सूचना प्रकाशित गरेको थियो । २ वर्षको करारको समय राखेर १० करोड बजेटमा टेलिकमले सुरक्षागार्डको टेण्डर खुलाएको थियो ।
शिलबन्दी बोलपत्र पेस गरेकामध्ये हाल टेलिकममा सुरक्षागार्ड राख्दै आएको ब्लुवर्ड हिमालय सुरक्षागार्ड प्रालिले पनि आवेदन हालेको थियो । सो रकम उल्लेख गर्दा कान्तिपुर तेस्रो स्थानमा हुन आउँछ । विराट गोर्खाको आवेदन अस्वीकृत हुने सूचना कर्मचारीबाट चुहावट भएपछि कान्तिपुरले कबुल रकम हेरफेर गरि सबैभन्दा कम मुल्यकान गरेर राखेको स्रोतको दाबी छ । विराट गोर्खा पछि दोस्रोमा डिलक्स सेक्युरेटीले २ लाख १९ हजार ४ सय ९३ रुपैयाँ कम कबुल गरेको थियो ।
रातारात मिलेमतोमा कान्तिपुर सेक्युरेटी प्रालिले ९ करोड ५७ लाख ५१ हजार ९९ सय रुपैयाँ कबुल रकम कम मुल्याकन देखाएर टेण्डर स्वीकृत भएको आशयपत्र जारी गरेको अख्यितयार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा परेको उजुरीमा उल्लेख छ ।
विराट गोर्खा सेक्युरेटी प्रालिका संचालक रामकुमार श्रेष्ठले टेलिकमले खुलाएको सुरक्षागार्डको आपूर्तिमा गैर कानुनी एवं एक पक्षीय ढंगबाट निर्णय गरेको भन्दै छानविन गरि कारवाहीको माग राख्दै गत माघ २६ गते अख्यितयारको कार्यालमा उजुरी दर्ता गराएका छन् । सार्वजनिक खरिद ऐनको व्यवस्थालाई ख्यालन नगरि नेपाल टेलिकम क्षेत्रिय कार्यालयले गैरकानुनी तरिकाले एकपक्षिय ढंगबाट निर्णायक भएको विराट गोर्खाका संचालक श्रेष्ठको भनाइ छ । ‘आवेदन दिएका मध्ये सबैभन्दा न्यून रकम कबुल गर्नेलाई अस्वीकृत गरिएको छ,’ उहाँले भन्नुभयो, ‘तेस्रो स्थानमा रहेकोको कान्तिपुर सेक्युरेटीलाई स्वीकृत गरिएको पाइयो । टेलिकमले गैरकानूनी तरिकाले गरेको निर्णाय विरूद्ध उजुरी हालेको हुँ ।’ विराट गोर्खाका संचालक श्रेष्ठले अख्तियारमा उजुरी दिएका दिन सुरक्षा गार्ड सेवा बोलपत्र पुनवलोकन गरिनुपर्ने माग राख्दै नेपाल टेलिकमको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको पुनरावलोकन समितिमा पनि निवेदन दिएका छन् ।
पुनवलोकन समितिमा उजुरी परेपछि अहिले नेपाल टेलिकमले क्षेत्रिय कार्यालय विराटनगरले गरेको निर्णाय १ महिनाको लागि स्थकित भएको छ । पुनवलोकन समितिले सम्पूर्ण कागजपत्र झिकाएर अहिले छानविन गर्दै आएको नेपाल टेलिकमा क्षेत्रिय कार्यालय विराटनगरका प्रमुख रामप्रसाद उपाध्यले बताउनु भयो । ‘आशयपत्र जारी भएपछि उजुरी परेको हो,’ उपाध्यले भन्नुभयो, ‘हामीले गरेको सम्पूर्ण निर्णायको कागजपत्र केन्द्रीय कार्यालयमा पठाएको छ । पुनावलोकन समितिबाट निर्णाय आएपछि अबको प्रक्रिया अगाडि बढनेछ ।’ सुरक्षा गार्डको आपूर्तीमा टेण्डर प्रक्रियामार्फत खोलिएको बोलपत्रमा कम मुल्याकन कबुल गरेको र सम्पूर्ण प्रक्रिया पुरा गरेको कम्पनीको नाममा आशयपत्र जारी गरिएको नेपाल टेलिकम क्षेत्रिय कार्यालय विराटनगरले जनाएको छ ।