पत्रकार पौडेलको उपचारका लागि २५ हजार सहयोग

विराटनगर । वीएफएम विराटनगरले विराटनगरका पत्रकार कमल पौडलको स्वास्थ्य उपचारका लागि २५ हजार १ रुपैयाँ सहयोग गर्ने भएको छ । एफएमले होलीमिलन कार्यक्रमको खर्च वापतको रकम पत्रकार पौडेलको उपचारका लागि सहयोग गर्ने निर्णय गरिएको एफएमका कार्यकारी निर्देशक डा.सन्देशदास श्रेष्ठले बताउनुभयो ।

एफएमले स्थापनाकालदेखि हरेक वर्ष विराटनगरका विभिन्न सञ्चार माध्यमका पत्रकारसँग होलिमिलन कार्यक्रम गर्दै आएको थियो । कार्यक्रम वापतको खर्चमा केही रकम एफएमले थप गरि स्वास्थ्य उपचारमा सहयोग गर्ने निर्णय गरिएको कार्यकारी निर्देशक डा.श्रेष्ठले बताउनुभयो ।
मकालु टिभी विराटनगरका समाचार प्रमुख पौडल व्लड क्यान्सरबाट पीडित हुनुहुन्छ ।

उहाँको सिभिल अस्पताल काठमाण्डौंमा उपचार भईरहेको छ । उपचारमा केही सहयोग मिलोस भन्ने उद्देश्यले सहयोग गर्ने निर्णय गरिएको एफएमका कार्यक्रम निर्देशक निशा खुशीले बताउनुभयो ।

आइतबार, २५ फागुन, २०७६, साँझको ०६:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर