विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाको टंकीसिनवारीमा दियांश मनी ट्रान्सफरको सेवा शुरु भएको छ । आइतबार बुढीगंगा गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष युवराज पौडेलले मनी ट्रान्सफर कार्यालय उद्घाटन गर्नुभयो ।
टंकीसिनवारीमा बैंकिङ क्षेत्रको सेवासमेत विस्तार भईरहेको सन्दर्भमा मनी ट्रान्सफरको सेवाले बुढीगंगाबासीलाई सहज हुने अपेक्षा गरिएको छ । दियांशले विदेशबाट पठाइएको पैसा सहज निकाल्न र नेपालका विभिन्न ठाउँमा पैसा पठाउनसक्ने सेवा शुरु गरेको हो ।
यसैगरी उपभोक्ताको बिजुली र पानीको बिल तिर्ने व्यवस्था पनि गरिएको छ । त्यहाँ रेमिट बचत तथा ऋण सहकारी संस्थाले संचालन गरेको एम्बुलेन्स सेवासमेत लिन सकिने संचालकको भनाइ छ ।