फिनेक्स फिटशालामा दोस्रो वर्षमा

उर्लाबारी ।
पूर्वी मोरङको उर्लाबारीमा स्थापना भएको अत्याधुनिक फिनेक्स फिटशाला पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ ।
आइतबार उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको प्रमुख आतिथ्यतामा वार्षिकउत्सव कार्यक्रम सम्पन्न भएको छ ।

फिटशाला गतवर्ष मात्र उर्लाबारी–७ का अर्जुन राईले १ करोड १० लाख रुपैयाँ लगानीमा सञ्चालनमा ल्याउनुभएको थियो । प्रथम वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा बडीबिल्डिङ प्रतियोगिता गरिएको थियो । विभिन्न विधामा विजेता भएकाहरुलाई मेयर फागोले प्रमाणपत्र प्रदान गर्नुभएको छ ।

मेयर फागोले नेपालीहरुमा स्वास्थ्य बिग्रिएपछि मात्र उपचारमा जाने बानी रहेकोले रोगको जोखिम बढि रहेको बताउनुभयो । फिटशालाले स्वास्थ्य मात्र नभएर आकर्षक शरिर बनाउन मद्दत पुग्ने भएकाले यसमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

सञ्चालक राईले शरिर सन्तुलनमा राख्न सबैका लागि जिम आवश्यक रहेको बताउनुभयो । जिमबाट रोग तथा मानसिक तनावबाट मुक्त हुन, आकर्षक शरिर तथा व्यवहार परिवर्तनको उपयुक्त थलो जिम रहेकाले सामान्य मानिसलाई दिनहुँ करिब डेढदेखि २ घण्टासम्म जिम आवश्यक रहेको उहाँको भनाइ छ ।

एरोबिक, जुम्बा फिटनेस, स्टेप एरोबिक, किक बक्सिङ, सर्किट ट्रेनिङ, बुट क्याम्प ट्रेनिङ, एक्वा फिटनेस लगायत कोर्स, वेट लस, वडी सेफ, काडियो ट्रेनिङ, वडी बिल्डिङ लगायतका कोर्षसमेत फिटशालामा सिकाइने गरिएको छ । दैनिक ३ सयभन्दा बढी फिटशालामा प्रशिक्षणका लागि आउने गरेका छन् ।

आइतबार, २५ फागुन, २०७६, साँझको ०५:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर