काठमाडौं । नेपालमा औषधिको अभाव नहुने नेपाल औषधी उत्पादक संघले जनाएको छ । संघले आज पत्रकार सम्मेलन गर्दै अझै ६ महिनासम्मका लागि आवश्यक पर्न सक्ने औषधी मौज्दात रहेको जनाएको हो ।
भारतले सिटामोलसहित २६ प्रकारका औषधी र कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध लगाएको समाचार बाहिरिएसँगै अभाव हुनसक्छ जस्ता हल्लाको पछि नलाग्न संघले आग्रह गरेको हो ।
संघले नेपालका ६२ कम्पनीले उत्पादन गरेको औषधीले ६ महिनाको माग सहज रुपमा धान्ने र कच्चा पदार्थ पर्याप्त मौज्दात रहेकाले आत्तिनु नपर्ने संघका महासचिव विप्लवबहादुर अधिकारीले जानकारी दिनुभयो ।
यस्तै संघले नेपालमा चाहिने ७५ प्रतिशत औषधी यहीँ उत्पादन भइरहेको भन्दै सरकारले प्रोत्साहन गरे शतप्रतिशत स्वदेशमै उत्पादन गर्न सकिने समेत बताएको छ ।