धरान । आज २१ औं शताब्दीको युग भागदौड र व्यस्त दिनचर्याको युग भइसकेको छ । जसले गर्दा दैनिक शाररीक ब्यायाम गर्नसमेत भ्याउने अवस्था छैन ।
जथाभावी खानपिनले मानिसहरु चाहेर पनि आफ्नो स्वास्थ्यप्रति सजग र सचेत नरहेको देखिन्छ । रोगले च्यापेपछि मात्र उपचार खोज्नतिर लाग्ने गरिएको छ ।
सुनसरीकै धरानमा एउटा यस्तो स्टोर नै सञ्चालनमा आएको छ जसले मानिसलाई स्वस्थ राख्न मद्दत गर्ने दावी गरेको छ । न्युट्री हव फुड सप्लिमेन्टले सन्तुलित खानपान गराएर रोगसँग लड्नसक्ने क्षमता प्रदान गर्ने दावी गरेको छ ।
दैनिक आहार सन्तुलित भएमा जटिल रोगहरु र शरिरमा देखिने जटिल विकृति नआउने कुरालाई ध्यान दिएर रेगुलर प्लान्ट बेस डाईट र मिनरलबेस डाइट तययार गरेको स्टोरले जनाएको छ । दिनहुँ खान हुने अन्नपाततथा वनस्पति र खनिजमा आधारित खाना स्टोरमा पाइनेछ ।
फुड सप्लिमेन्टको प्रयोगबाट दैनिक आहारमा पुरकको रुपमा सेवन गरेमा मानव शरिरमा देखिने जटिल र जोखिमपूर्ण रोगहरु लाग्नबाट बच्न सकिन्छ । न्युर्टी हवको रुपमा नाम दिईएको सप्लीमेन्ट हबबाट सबैले सजिलै र सर्बसुलभ सेवा पाउने सञ्चालक तथा मिस्टर धरान उत्तम खत्रीले बताउनुभयो । खत्रीले १० लाख रुपैयाँ लगानीमा धरान १० राँगा चोकमा स्टोर सञ्चालनमा ल्याउनुभएको हो ।
स्टोरको बुधबार धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले रिबन काटेर उद्घाटन गर्नुभयो । फुड सप्लिमेन्टलाई प्रिभेन्टिभ मेडिसिनको रुपमा सेवन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । फुड सप्लीमेन्टहरुले सन्तुलित भोजनको आवश्यकतालाई पूरा गर्ने उहाँको भनाइ छ ।
ट्याबलेट, क्याप्सुलको रुपमा धेरै फुड सप्लिमेन्टहरु उपलब्ध छन् । फुड सप्लिमेन्टहरुको बनावटले गर्दा यी औषधि हुन् कि भन्ने भ्रम पनि व्याप्त छ । ट्याब्लेट क्याप्सुल हुँदैमा औषधि नै हो भन्ने धारणाबाट मुक्त हुनुपर्ने सञ्चालक खत्रीले बताउनुभयो । फलफुल, अन्नपानी र वनस्पतिमा पाईने तत्वहरुबाट यो बन्ने उहाँले जानकारी दिनुभयो ।
अन्तरिक्ष यात्रीहरुले पनि यस्तै आहारपूरक (फुड सप्लिमेन्ट) ट्याब्लेट, क्याप्सुल खाएर आफूलाई चाहिने आहारको सन्तुलन गर्ने गर्दछन् । मेहनतका काम, जीमखानामा शारिरिक अभ्यास तथा स्वस्थ जीवन बिताउनका लागि र सँधै स्वस्थ रहनका लागि फुड सप्लीमेन्ट प्रयोग गर्नुपर्ने बताइएको छ ।
सञ्चालक खत्रीका अनुसार मोटोपन घटाउने कसरत गर्दा शरीरलाई शक्ति प्रदान गर्ने, मसल गेन, मसल टोन गर्नेलगायतका सबै प्रकारका सप्लिमेन्टहरु सस्तो र सुलभ मूल्यमा पाईनेछ । यसबाट कुनै साईडईफेक्टसमेत नरहेको र खेलाडीहरुले मात्र नभएर सबैले आफ्नौ दैनिक जीवनमा प्रयोगसमेत गर्नसक्ने उनको भनाई छ ।
स्टोरका सञ्चालक खत्रीले निःशुल्क डाईट र जीम रुटिन सम्बन्धी परामर्श प्रदान गर्दै पनि आएका छन् । सञ्चालक खत्रीले हवमा १ हजारदेखि १५ हजारसम्मको सप्लिमेन्ट उपलब्ध छ भने आज उद्घाटनको अवसरमा सय जना खरिदकर्तालाई १० प्रतिशत छुटको व्यवस्थासमेत गरेको जानकारी दिएका छन् ।