लोड हुँदैछ...

मेनु

गाँजा नियन्त्रण लिने क्रममा मोटरसाइकल छाडेर पोखरीमा हाम फालेका यादव मृत फेला

गाँजा नियन्त्रण लिने क्रममा मोटरसाइकल छाडेर पोखरीमा हाम फालेका यादव मृत फेला

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१८ भेडियारीस्थित पोखरीमा डुबेर बेपत्ता भएका एक युवक तीन दिनपछि मृत फेला परेका छन् । गाँजासहितको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिन खोज्दा भागेका विराटनगर–१८ का मञ्जितकुमार यादव शनिबार बिहान मृत भेटिएका हुन् ।

गत बुधबार बीआर ५० एएल ३६८७ नम्बरको भारतीय मोटरसाइकललाई प्रहरीले चेकजाँचका लागि रोक्न खोज्दा चालक मञ्जित मोटरसाइकल छाडेर भागेका थिए । भाग्ने क्रममा उनी नजिकैको पोखरीमा पसेका र त्यसपछि बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको शव आज पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी महेन्द्र कुमार मिश्रले जानकारी दिए ।

सोही मोटरसाइकलको पछाडि सवार रहेका एक भारतीय नागरिकलाई भने प्रहरीले सोही दिन गाँजासहित पक्राउ गरेको थियो । पक्राउ पर्नेमा भारतको सुपौल जिल्ला गनौरा पञ्चायत–५ का ४१ वर्षीय शिवधर यादव रहेका छन् । उनको साथबाट प्रहरीले ६ किलो १३० ग्राम गाँजा बरामद गरेको थियो ।

प्रहरीले बरामद गरेको गाँजा र मोटरसाइकलसहित पक्राउ परेका शिवधरलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाएको छ । आज विहान उनको सब भेटिएको मोरङ प्रहरी प्रमुख एसपि कवित कट्वालले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।