सुनसरी । सुनसरीको कोशी गाउँपालिका–७ भान्टाबारीस्थित केराबारी नजिकबाट गएराति ठुलो परिमाणमा गाँजा बरामद गरिएको छ। प्रहरीले विशेष सूचनाका आधारमा ३०८ केजी गाँजा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भान्टाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त गाँजा बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेले जानकारी दिए । गोप्य सूचना प्राप्त भएपछि प्रहरी टोलीले केराबारी नजिकै छापा मारेको थियो।
बरामद गरिएको गाँजा अहिले प्रहरीको नियन्त्रणमा रहेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। रातिको समयमा प्रहरी टोली परिचालन गरी सो परिमाणको लागूऔषध बरामद गरिएको हो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।