लोड हुँदैछ...

मेनु

रास्वपा सभापति रवि लामिछानेले आज कोशी र मधेशका सांसदहरूसँग छलफल गर्दै

रास्वपा सभापति रवि लामिछानेले आज कोशी र मधेशका सांसदहरूसँग छलफल गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज पार्टीका सांसदहरूसँग विशेष छलफल गर्दैछन् । पार्टीको आन्तरिक रणनीति र समसामयिक विषयमा केन्द्रित रहेर उनले सांसदहरूसँग संवाद गर्न लागेका हुन् ।

रास्वपा प्रवक्ता मनीष झाका अनुसार सभापति लामिछानेले आज पहिलो चरणमा कोशी प्रदेशका सांसदहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको छ । कोशी प्रदेशका सांसदहरूसँगको बैठक बिहान ११ बजे बस्नेछ ।

कोशी प्रदेशका सांसदहरूसँगको छलफल सकिएलगत्तै दिउँसो दोस्रो चरणमा मधेश प्रदेशका सांसदहरूसँग संवाद हुनेछ । मधेशका सांसदहरूसँग दिउँसो १ ः३० बजे छलफल हुने समय तोकिएको छ ।

पार्टीले प्रदेशगत रूपमा सांसदहरूसँग छलफल गरेर प्रदेशका समस्या र आगामी कार्ययोजनाबारे जानकारी लिने उद्देश्य राखेको बुझिएको छ । सभापति लामिछानेले पालैपालो सबै प्रदेशका सांसदहरूसँग छलफल गर्ने रास्वपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।