लोड हुँदैछ...

मेनु

दाङ, कास्की र ललितपुरबाट २७ जना जुवाडे पक्राउ

दाङ, कास्की र ललितपुरबाट २७ जना जुवाडे पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न तीन जिल्लामा छापा मारी जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको छ। दाङ, कास्की र ललितपुरका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित ७२ वर्षीय काशिराम विश्वकर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले घरधनी काशिरामसहित १० जनालाई पक्राउ गरेको हो।

त्यसैगरी, कास्कीको पोखरा महानगरपालिका–१७ का ५५ वर्षीय धर्मदत्त गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

यता ललितपुरको महालक्ष्मी नगरपालिका–१ मा ५० वर्षीय श्यामकुमार राईको घरमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन्। प्रहरी प्रभाग इमाडोलबाट खटिएको टोलीले घरधनी राईसहित आठ जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका सबै जनामाथि प्रहरीले आवश्यक कानुनी कारबाही र थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।