लोड हुँदैछ...

मेनु

काममा बोलाएर कुटपिट गर्ने पक्राउ

काममा बोलाएर कुटपिट गर्ने पक्राउ

दमक । झापाको दमक नगरपालिकामा एक व्यक्तिमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरीका अनुसार दमक–१ हबल्दार चोकका ४३ वर्षीय बिरेन्द्र बस्नेतलाई कामको बहानामा बोलाएर कुटपिट गर्ने पक्राउ परेका हुन् ।

उनलाई दमक–५ स्थित गोर्खा डिपार्टमेन्टको किचनमा बोलाइएको थियो। त्यहाँ पुगेपछि दमक–९ का ५५ वर्षीय शिव साह, कमल गाउँपालिका–४ का ५० वर्षीय दुरेन राईसहित चार जनाले अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरी कुटपिट गरेको प्रहरीले जनाएको छ।

घटनापछि खटिएको इलाका प्रहरी कार्यालय दमकको टोलीले शिव साह र दुरेन राईलाई गोर्खा डिपार्टमेन्ट अगाडिबाट पक्राउ गरेको हो। अन्य संलग्न व्यक्तिहरू फरार रहेका छन् र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

कुटपिटबाट घाइते भएका बस्नेतको कान, मुख र घाँटीमा सामान्य चोट लागेको छ। उनको उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।