काठमाडौं । देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण अहिले पहाडी तथा हिमाली भूभागको मौसममा बदली भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ। अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्य बदली रहनेछ भने कोशी र गण्डकीका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। तराईका भूभागमा भने आज मौसम मुख्यतया सफा रहने देखिन्छ। राति सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा सामान्य बदली रहने र तराईमा मौसम सफा रहने पूर्वानुमान छ। महाशाखाले वर्षा, चट्याङ र हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।