लोड हुँदैछ...

मेनु

मोरङमा ५५ प्रतिशत मत खस्यो

मोरङमा ५५ प्रतिशत मत खस्यो

विराटनगर । प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका निम्त्ति मतदानमा मोरङमा ५५ प्रतिशत मत खसेको छ ।

मोरङको ६ वटै निर्वाचनमा दिउँसो साढे ३ बजेसम्म ५५ प्रतिशत मत खसेको हो । मतदान साँझ ५ बजेसम्म चल्ने भएकाले मतदान प्रतिशत ६०–६५ को हाराहारीमा पुग्ने अनुमान गरिएको विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मतदान सम्पन्न भएपछि मतपेटिका संकलन गरी आजैबाट मतगणना सुरु गर्ने तयारी छ । प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रदेश निर्वाचन अधिकारी चोलाराज दङ्गालले भने, ‘सर्वदलीय बैठक बसेर आजबाटै मतगणना सुरु गर्ने तयारी गरेका छौं । सबै क्षेत्रको मतगणना सम्बन्धित क्षेत्रमै हुन्छ ।’

मोरङमा भने कुल ७ लाख ८३ हजार ५० मतदाता रहेका छन् । जसमा हालसम्म ४ लाख ३० हजार बढीले मतदान गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।