विराटनगर । आज नेपाली बजारमा सुनको मूल्यमा घटेको छ भने चाँदीको मूल्यभने बढेको छ । सोमबारको तुलनामा आज सुन तोलामा ९०० रुपैयाँले घटेको छ भने चाँदी २५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख एक हजार ९०० तथा एक तोला चाँदीको मोल चार हजार ८८५ निर्धारण भएको छ ।
हिजो सोमबार एक तोला छापावाल सुनको मूल्य तीन लाख दुई हजार ८०० र एक तोला चाँदीको मोल चार हजार ८६० रुपैयाँ निर्धारण भएको छ ।
साताको पहिलो दिन आइतबार बजार खुल्दा प्रतितोला छापावाल सुन तीन लाख पाँच हजार ८०० र त्यति नै चाँदी चार हजार ९८५ मा खरिदबिक्री भएको थियो ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।