विराटनगर । सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको हृदयघातका कारण निधन भएको छ । मोरङको बिराटचोकमा शुक्रबार सशस्त्र प्रहरी बल नेपाल र भारतको सीमा सुरक्षा बल (एसएसबी) का अधिकारी सम्मिलित डीआईजी तहको समन्वय बैठककै क्रममा घिमिरे अचानक बेहोस भएर ढलेका थिए ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुखका रूपमा कार्यरत घिमिरे बैठकमा सहभागी भइरहँदा दिउँसो केही शारीरिक समस्या देखिएको थियो । सशस्त्र प्रहरी बल नं. १ बराह वाहिनी पकली, सुनसरीका डीआईजी कुमार न्यौपानेका अनुसार, सुरुमा केही असहज महसुस गरे पनि घिमिरेले ‘म ठिक भएँ’ भन्दै पुनः बैठकमा सहभागी भएकाथिए । तर, साँझपख पुनः अचानक बेहोस भएर ढलेपछि उनलाई हृदयघात भएको अनुमान गरि तत्काल अस्पताएको थियो ।
बेहोस भएर ढल्ने क्रममा उनको जिब्रो समेत काटिएको थियो । अस्पताल पु¥याउँदा स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि सघन उपचारका लागि भेन्टिलेटरमा राखिएको थियो । उनको उपचारकै क्रममा राति ९ बजेतिर मृत्यु भएको हो । अस्पतालका अनुसार उच्च रक्तचापका कारण उनलाई हृदयघात भएको हो ।
घिमिरकोे नम्बर ३ वाहिनी गढीमाई मुख्यालय मकवानपुरमा सरुवा भएको थियो । उनी आज त्यसतर्फ प्रस्थान गर्ने तयारीमा थिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।