लोड हुँदैछ...

मेनु

भोजपुरको कावा खोलामा पक्की पुल सञ्चालनमा

भोजपुरको कावा खोलामा पक्की पुल सञ्चालनमा

भोजपुर । भोजपुरको कावा खोलामा चार करोड ६२ लाख ७४ हजार ९१० रुपैयाँको लागतमा निर्माण गरिएको पक्की पुल सम्पन्न भई सञ्चालनमा आएको छ ।

पुल सञ्चालनमा आएपछि आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिका क्षेत्रका सर्वसाधारण लाभान्वित भएका छन् ।

स्टिल ट्रस ओपन फाउन्डेसन प्रविधिमा निर्माण गरिएको एक स्पानको उक्त पुल ४६ मिटर लामो र ६ मिटर चौडा रहेको छ । पुलको दुवैतर्फ एक दशमलव २० मिटर चौडाइको पैदल मार्गसमेत निर्माण गरिएको छ, जसले पैदल यात्रुलाई समेत सुरक्षित आवागमनको सुविधा दिएको छ ।

यसअघि कावा खोलामा पुल नहुँदा विशेषगरी वर्षायाममा सदरमुकामतर्फको यात्रा जोखिमपूर्ण बन्दै आएको थियो । पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले सहज, सुरक्षित र छोटो दूरीमा आवतजावत गर्न पाउने भएका छन् ।

पुलले हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्ज्याङलाई प्रत्यक्ष रूपमा जोडेको छ । स्थानीयका अनुसार पुल बनेसँगै दैनिक आवागमन, सेवा–सुविधामा पहुँच र स्थानीय आर्थिक गतिविधि सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।