संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–८ आहालेमा ज्वाइँले खुकुरी प्रहार गर्दा ७६ वर्षीय ससुरा गम्भीर घाइते भएका छन् । बुधबार दिउँसो करिब ४ बजे चैनपुर नगरपालिका–२ पोखरी घर भएका ४५ वर्षीय लाक्पा ओङ्दी शेर्पाले आफ्नै ससुरा निङ्मा शेर्पामाथि खुकुरी प्रहार गरेका हुन् ।
आफ्नै घरमा बसिरहेको अवस्थामा ज्वाइँ लाक्पाले निङ्मामाथि धारिलो हतियार ९खुकुरी० प्रहार गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए । खुकुरी प्रहारबाट वृद्धको गाला र नाकमा गहिरो चोट लागेको छ ।
घटना लगत्तै अस्थायी प्रहरी पोस्ट भर्तिवाल डाँडा र इलाका प्रहरी कार्यालय वानाबाट प्रहरी निरीक्षक सुन्दरकुमार यादवको कमाण्डमा ५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । ससुरालाई खुकुरी प्रहार गरेलगत्तै फरार भएका लाक्पालाई प्रहरीले गाउँमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको छ ।
गम्भीर घाइते निङ्मालाई उपचारका लागि आधारभूत अस्पताल वाना लगिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।