विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले सधैं अग्रपथमा हिड्न चाहेको प्रिन्सिपल टिकाराम पुरीले बताएका छन् । ३२ औं अभिभावक दिवसको दोस्रो दिनको कार्यक्रमलाई सम्वोधन गर्दै उनले कसैसँग तुलना नगर्ने भन्दै मात्र थप गतिशिल बन्दै अग्रपथमा हिड्न चाहेको बताए । अहिलेको युग सापेक्ष शैक्षिक वातावरण, नविन अन्वेषणको प्रयोग तथा सीप संस्कार र प्रविधि मैत्री बन्दै एभरेष्ट अग्रपथमा हिड्ने बताए ।
प्रिन्सिपल पुरीले विश्वका सम्पन्न मुलुकहरुमा दिइने स्तरको शिक्षा एभरेष्टबाट नै दिने समेत दोहोर्याए । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीका अभिभावक उपस्थित कार्यक्रममा उनले कृतज्ञता प्रकट गर्दै विद्यालयको लक्ष्य अनुसार विद्यार्थीको भविष्यका लागि घरमा पनि वातावरण बनाईदिन आग्रह गरे ।
अहिलेको सूचना र प्रविधिको गतिशिल युगमा हाम्रो शैक्षिक वातावरणको समेत विकास गर्नु अपरिहार्य रहेको तर्क गर्दै उनले त्यसका लागि एभरेष्टले आफूलाई अब्बल बनाउँदै लगेको बताए । प्रिन्सिपल पुरीले एभरेष्टका विद्यार्थीहरुले विभिन्न क्षेत्रमा प्रवेश गरि आफ्नो क्षमता प्रस्तुत गरेको देख्दा हर्ष लाग्ने गरेको भन्दै अब विश्वसँग प्रतिष्पर्धा गर्ने विद्यार्थी उत्पादन गर्ने लक्ष्यमा अघि बढेको बताए । एभरेष्टले ल्याएका परिणामहरुले पनि बालबालिकाको सर्वाङ्गिण विकासका लागि गरिएका कामहरुलाई पुष्टि गर्ने भन्दै उनले भने, ‘हामीले बोल्ने मात्र हैन परिणामले देखाउनुपर्छ भन्ने मान्यता राखेका छौं ।’ यसैवर्ष मात्र भियतनाममा मुन सम्मेलन, हङकङमा भएको वक्तृत्वकलामा एभरेष्टका विद्यार्थीको सहभागिता तथा चाँडै थुप्रै अन्तर्राष्ट्रिय फोरमहरुमा एभरेष्टका विद्यार्थीले जनाउने सहभागिताले एभरेष्टलाई पारङ्गत बनाउँदै लैजाने उनको विश्वास थियो । प्रिन्सिपल पुरीले अहिलेको एआईको युगमा प्रविधि, विज्ञान र सीपलाई एकसाथ अघि बढाउनुपर्ने भन्दै त्यसको वातावरण एभरेष्टले बनाएको समेत बताए । हरेक दिन उच्च शिक्षाका लागि भन्दै विदेशिने विद्यार्थीको लाईन देख्दा दुः लाग्ने गरेको भन्दै स्वदेशमै भविष्य छ भन्ने देखाउने गरिको शिक्षा दिनु आवश्यक रहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका सेवा आयोग अध्यक्ष डा. देबेन्द्र अधिकारीले एभरेष्टले उत्कृष्ट शिक्षा प्रदान गर्न खेलेको भूमिका सराहनीय रहेको बताए । उनले एभरेष्टले भौतिक पूर्वाधारका लागि मात्र नभई सर्वाङ्गिण विकासका निम्ति गरेको लगानी र मेहनतले यहाँका विद्यार्थीहरुले अपेक्षाकृत उपलब्धिहरु हासिल गर्न सफल भएको चर्चा गरे ।
प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेतले एभरेष्ट स्कुल अन्य विद्यालयहरुका लागि समेत प्रेरक रहेको चर्चा गरे । एभरेष्टको शैक्षिक वातावरण, भौतिक पूर्वाधार र व्यवस्थापन लगायतका सम्पूर्ण क्षेत्रमा हाम्रा लागि पथ प्रदर्शक रहको भन्दै उनले एभरेष्टका विद्यार्थीहरुको भविष्य उज्वल हुने बताए । उनले एभरेष्टबाट हामीले धेरै सिक्न सक्छौं र सिक्दै आइरहेको भन्दै नेपालबाट दिइने शिक्षाले विश्वजगतसँग प्रतिष्पर्धा गर्न सक्छ भन्ने पुष्टि गर्दै एभरेष्ट अघि बढेको बताए ।
कार्यक्रममा उपस्थितहरुलाई स्वागत गर्दै विद्यालयका सहायक प्राचार्य टी एन भण्डारीले शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक लगायत सबैको मेहनतले नै विद्यालयलाई सफल बनाउने बताए ।
३२ वर्ष अघि ८४ जना विद्यार्थीबाट सुरु भएको एभरेष्टले अहिलेसम्म २५ औं ब्याचका विद्यार्थीहरुलाई एसएलसी÷एसईई उत्तिर्ण गराइसकेको छ । भाडाको घरबाट सुरु भएको एभरेष्ट स्कुल अहिले आफ्नै जग्गामा अत्यधुनिक भौतिक संरचनाका साथमा सञ्चालनमा रहेको छ । प्ले ग्रुपदेखि कक्षा १२ सम्म २५०० विद्यार्थीलाई अध्यापन गराउँदै आएको एभरेष्ट आउँदो शैक्षिक सत्रदेखि अध्ययापन गराउन काठमाडौं विश्वविद्यालयको बीआईटीको सम्बन्धन समेत प्राप्त गरिसकेको छ । यस्तै एभरेष्ट स्कुलले विभिन्न संघ संस्थाहरुको सहकार्यमा विद्यार्थीको सर्वाङ्गिण विकासका लागि विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ । अभिभावक दिवसको दोस्रो दिन आज कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु गरेर अभिभावकलाई मख्ख बनाएका छन् ।
६ जनालाई सम्मान
यसैबिच ३२ औं अभिभावक दिवसको अवसरमा एभरेष्टले लामो समयसम्म सेवा गर्ने चार कर्मचारी र खेलकुदका क्षेत्रमा स्वर्ण पदक जिताउने दुई जना प्रशिक्षकलाई सम्मान गरेको छ । लामो समयसम्म काम गर्ने कर्मचारीहरु भोजकुमार श्रेष्ठ ९माध्यामिक तह इन्चार्ज०, तारा काफ्ले ९शिक्षक नेपाली०, लक्ष्मी ढकाल ९लेखा० नारायण बुढाथोकी ९प्रशिक्षक, तेक्वान्दो०लाई दीर्घ सेवा पदकबाट सम्मान गरिएको हो । यस्तै पौडीका प्रशिक्षक इन्द्र राजभण्डारी र टेबलटेनिसका प्रशिक्षक अनुज बानियाँलाई राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जिताउन सफल भएकोमा सम्मान गरिएको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।