विराटनगर । कोशी प्रदेश सभाको सबै संरचना जलाएर ध्वस्त पारेको झण्डै ५ महिना बितेको छ । यस अवधिमा कोशी प्रदेशसभा सचिवालय कटहरी गाउँपालिकाको स्वामित्वमा रहेको कृषि तथा फलफूल थोक बजारमा सरेको छ । तर यतिका दिनसम्म अस्थायी सभाहल बनाउने तर्फ बजेट विनियोजन गर्ने बाहेक थप कुनै प्रगति भएको छैन ।
यसबै बिच कोशी प्रदेश सरकारले यहि माघ २५ गतेबाट बस्ने गरी कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आव्हान गरेको छ । उक्त अधिवेशन विराटनगर ७ स्थित विरेन्द्र सभागृहमा सञ्चालन गर्ने सरकारले जनाएको छ ।
सभागृहमा प्रदेशसभा बैठक बस्न आवश्यक पर्ने संरचनाहरु रहेको प्रदेश सभाको प्राविधिक टोलीले अवलोकन गरी प्रतिवेदन दिएको प्रदेशसभा सचिव सुदर्शन खड्काले बताएका छन् । उनका अनुसार महानगरपालिकासँग सभागृह भाडामा लिन छलफल भइरहेको तर सहमति र सम्झौता भने भइसकेको छैन । ‘हामी छलफलकै क्रममा छौं, अहिले नै सम्झौता भइसकेको छैन, छलफल गरेर एउटा टुंगोमा पुग्छौं,’ सचिव खड्काले भने ।
वीरेन्द्र सभागृहमा प्रदेशसभा बैठक सञ्चालन गर्दा प्रदेशसभा सचिवालयबाट झण्डै डेढ किलोमिटर टाढा जानुपर्ने अवस्था छ । सभागृहमा पूरै अवधि सचिवालय राख्न सकिने अवस्था छैन । त्यसैले जुन दिन बैठक बस्छ सोही दिन आवश्यक सामग्री लिएर जाने र ल्याउनुपर्ने भएको । सचिव खड्काले भने, ‘प्रदेशसभा सचिवालय अहिलेको फलफूल बजारमै रहन्छ, बैठक सञ्चालन हुने दिन डोर गएजस्तो आवश्यक सबै बैठक स्थलमा जान्छौं ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।