लोड हुँदैछ...

मेनु

बालेन चुनावी दौडधुपमा व्यस्त, झापा र इलामपछि पाँचथर पुगे

बालेन चुनावी दौडधुपमा व्यस्त, झापा र इलामपछि पाँचथर पुगे

पाँचथर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह यतिबेला चुनावी अभियानका क्रममा पूर्वी नेपालको दौडधुपमा व्यस्त रहेका छन्। आफ्नो पार्टीका उम्मेदवारहरूलाई जिताउन र पार्टीको एजेन्डा आम मतदातासम्म पुर्‍याउन उनी विभिन्न जिल्लाको भ्रमणमा रहेका हुन्।

हिजो झापामा चुनावी कार्यक्रमहरूमा सहभागी भएका शाह आज बिहानै इलाम पुगेका थिए। इलाममा मतदाताहरूसँग भेटघाट र छलफल गरी उनी अहिले पाँचथर पुगेका छन्। पाँचथरमा आयोजना हुने चुनावी सभा र घरदैलो कार्यक्रममा सहभागी भई उनले आफ्नो पार्टीको उम्मेदवारका लागि भोट माग्ने तालिका रहेको छ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट आफैँ पनि उम्मेदवारी दिएका शाहले आफ्नो क्षेत्रसँगै छिमेकी जिल्लाहरूमा पनि पार्टीको चुनावी कमान्ड सम्हालिरहेका छन्। छोटो समयमा धेरै ठाउँ पुग्ने उनको यो सक्रियतालाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।

पाँचथरमा उनले पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै आगामी निर्वाचनमा रास्वपाको पक्षमा जनलहर सिर्जना गर्न आग्रह समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds