इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) इलाम पुगेका छन् ।
ताप्लेजुङमा पाथीभरा मन्दिरको दर्शन गर्ने उद्देश्यले झापाबाट उकालो लागेका उनी इलाम पुगेका ह्न् । झापा–५ बाट उम्मेदवारसमेत रहेका बालेन बुधबार बिहान इलाम पुगेका हुन् ।
दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा रास्वपाबाट क्षेत्र नम्बर १ मा विमल गदाल र क्षेत्र नम्बर २ मा गोकुलबहादुर राई उम्मेदवार रहेका छन् । बालेनले इलाम बजारमा उनीहरुसँगै हिडेका छन् ।
रास्वपा इलाम जिल्ला सभापति टिका ओडारीका अनुसार बालेनले बिहीबार बिहान ८ बजे इलामका दुवै निर्वाचन क्षेत्रका उम्मेदवार, नेता तथा कार्यकर्तासँग चुनावी भेटघाट गरेका छन् । बालेनले बुधबार दिनभर दमकमा आफ्नो सम्पर्क कार्यालयमा बसेर भेट गर्न आएकाहरुसँग भेटघाट गर्दै फोटो खिचाएका थिए ।
झापा–५ मा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनाबी प्रतिस्पर्धामा उत्रिएको कारण उनी चर्चामा छन् । ओलीले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनबाहेक सो क्षेत्रमा लगातार चुनाव जित्दै आएका छन् । झापा ५ मा नेकपाले युवा नेता रञ्जित तामाङलार्ई उम्मेदवार बनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।