विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) ले झण्डै एक दशकपछि आफ्नो आधिकारिक उम्मेदवार चुनावी मैदानमा उतारेको छ।
एमालेका तर्फबाट उम्मेदवार बनेका मनोज अग्रवालले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका हुन्।
यो निर्वाचन क्षेत्रमा एमालेले २०७४ र २०७९ को निर्वाचनमा आफ्नो उम्मेदवार उठाएको थिएन। १० वर्षसम्म अन्य दललाई समर्थन गर्दै आएको एमालेले यसपटक भने आफ्नै नेतालाई अघि सारेको हो।
विगतको चुनावी समीकरण
२०७४ सालको निर्वाचनमा तत्कालीन वामगठबन्धन हुँदा एमालेले यो क्षेत्र माओवादी केन्द्रलाई छाडेको थियो। त्यतिबेला एमालेको समर्थनमा माओवादीका शिवकुमार मण्डल उम्मेदवार बनेका थिए।
त्यसैगरी, २०७९ सालको निर्वाचनमा एमालेले जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गर्दै राजकुमार यादवलाई समर्थन गरेको थियो। दुवै पटक एमालेका कार्यकर्ताले अन्य दलको चुनाव चिन्हमा मतदान गर्नुपरेको थियो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।