लोड हुँदैछ...

मेनु

सुनसरी १ मा हर्क साम्पाङसँग भीड्न नेकपाले धरान १७ का वडाध्यक्ष मनाेज भट्टराईलाई उम्मेदवार बनाउने

सुनसरी १ मा हर्क साम्पाङसँग भीड्न नेकपाले धरान १७ का वडाध्यक्ष मनाेज भट्टराईलाई उम्मेदवार बनाउने

विराटनगर । नेपाली कम्युनिष्ट पार्टीले सुनसरी १ नम्बर निर्वाचन क्षेत्रबाट धरान १७ का वडाध्यक्ष मनाेज भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ ।

साेही निर्वाचन क्षेत्रबाट हर्क साम्पाङ श्रम संस्कृति पार्टीबाट चुनाव लड्दैछन् । धरानकाे मेयरमा स्वतन्त्र जितेका साम्पाङका कतिपय निर्णयकाविरूद्दमा वडाध्यक्ष भट्टराई वकालत गर्दै आएका थिए ।

धरननका नेकपा नेता चाेत्लुङले गहन परामर्श पश्चात सुनसरी १ निर्वाचन क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीकाे तर्फवाट धरान १७ नं. वडा अध्यक्ष मनाेज भट्टराईलाई उम्मेद्ववार बनाउने निश्कर्षमा पुगिएकाे बताए । `अब उहाँलाई टिकट दिन पार्टी केन्द्रसँग अनुराेध गर्दछु। उहाँलाई विजयकाे अग्रिम शुभकामना,´ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds