विराटनगर । विशेष अधिवेशन माग गरेर अन्तिममा त्यसकै विपक्षमा उभिएका डा. शेखर काेईराला यतिबेला बिलखबन्धमा परेका छन् ।
देउवालाई साथ दिँदै विशेष महाधिवेशन अवैध रहेकाे ठहर गरेका काेईरालाकाे लागि निर्वाचन आयाेगकाे निर्णय अनपेक्षित थियाे । आयाेगले विशेष महाधिवेशन पक्षलाई आधिकारिक मानिसकेकाे छ । शुक्रबार आयाेगले दिएकाे उक्त निर्णय मानेर गगन समूहमा आफू पक्षका प्राय नेताहरू लागिसकेका छन् ।
तर, उनी भने सभापति गगनले दिएकाे टिकट लिएर माेरङ ६ बाट चुनाव उठ्ने कि नउठ्ने भन्नेमा दुविधामा छन् । काेईराला निकट स्राेतका अनुसार उनले आगामी निर्वाचनमा चुनाव लड्ने विषयमा परामर्श सुरू गरेका छन् । आज बिहान उहाँले (शेखर कोइरालाले) दुई-चार जनासँग 'म लड्दिन' भन्नु भाको छ,´ उक्त स्राेतले भन्याे,गगनकाे हातबाट टिकट लिएर नलड्ने मनस्थिति बनाएकाे बुझिन्छ ।´ काेईरालाका स्वकिय सचिव दिनेश थपलियाले यसबारे आफूलाई कुनै जानकारी नभएकाे बताए । `याे विषयमा मलाई कुनै जानकारी छैन,´ उनले भने ।
काेईरालाले चुनाव नलड्ने परिस्थितिमा काेशीका पूर्वमन्त्री केदार कार्कीले तयारी गरिरहेकाे बुझिएकाे छ । साे क्षेत्रका आकांक्षी रमेशजङ्ग रायमाझी भए पनि उनले चुनाव लड्ने विषयमा धेरै चासाे राखेका छैनन् । यद्यपि उनले काङ्ग्रेसबाट चुनाव लड्नेलाई सहयाेग गर्न बताए ।
कार्की निकट स्राेतका अनुसार डाक्टर शेखरले चुनाव नलडे साेही क्षेत्रबाट लड्ने नत्र माेरङ २ बाट लड्ने विषयमा कार्की परामर्शमा छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।