लोड हुँदैछ...

मेनु

झापा–५ मा नेकपाबाट रञ्जित तामाङ उम्मेदवार

झापा–५ मा नेकपाबाट रञ्जित तामाङ उम्मेदवार

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रञ्जित तामाङलाई उम्मेदवार बनाउने भएको छ।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तामाङलाई झापा–५ बाट चुनाव लड्ने टिकट प्रदान गरेका हुन्।

तामाङ नेकपानिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का पूर्वअध्यक्ष हुन्। उनले झापाबाट उम्मेदवारीका लागि पार्टीको अनुमति प्राप्त भएको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। फेसबुकमा साझा गरिएको भिडियोसहित तामाङले संयोजक प्रचण्डप्रति आभार व्यक्त गर्दै झापा क्षेत्र नम्बर ५ का मतदातालाई चुनाव चिन्ह ‘तारा’ मा मतदान गर्न विशेष अपिल गरेका छन्।

सो क्षेत्रबाट नेकपा जिल्ला कमिटीले तामाङसहित विवेक गौतम, सुरेन्द्र बस्नेतलगायतको नाम सिफारिस गरेको थियो । अन्य दाबेदार तामाङलाई समर्थन गरेका थिए ।

झापा–५ पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह निर्वाचन क्षेत्रका रूपमा परिचित छ। यसपटक पनि एमालेबाट ओली नै उम्मेदवार हुने पक्का भइसकेको छ।

त्यस्तै, झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हाल काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई उम्मेदवार बनाउने चर्चा पनि चलिरहेको छ। यदि यो चर्चा यथार्थमा परिणत भए झापा–५ मा बहुप्रतिक्षित र रोचक त्रिकोणात्मक प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds