लोड हुँदैछ...

मेनु

मौसम अपडेट : देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली छैन, तराईमा हुस्सुको प्रभाव

मौसम अपडेट : देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली छैन, तराईमा हुस्सुको प्रभाव

काठमाडौँ। नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका अधिकांश भू(भागमा मौसम मुख्यतया सफा रहने देखिएको छ।

आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली हुने सम्भावना छ। तराईका केही स्थानहरूमा भने हुस्सु लाग्ने महाशाखाले जनाएको छ। अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा रहनेछ।

आज राति पनि तराईका भू–भागमा हुस्सु लाग्ने सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आंशिक बादल लाग्ने भए तापनि देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

तराईमा लाग्ने हुस्सुका कारण दैनिक जनजीवन, जनस्वास्थ्य, पर्यटन तथा हवाई र सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।