लोड हुँदैछ...

मेनु

प्याब्सन मोरङद्धारा १५ शिक्षक र १३ विद्यार्थी सम्मानित

प्याब्सन मोरङद्धारा १५ शिक्षक र १३ विद्यार्थी सम्मानित

विराटनगर । प्याब्सन मोरङले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र समर्पित शिक्षकहरूलाई सम्मान गरेको छ। विराटनगरमा सोमबार आयोजित प्याब्सन मोरङको दोस्रो जिल्ला परिषद भेलाका अवसरमा १५ जना शिक्षक र १३ जना विद्यार्थीहरूलाई सम्मान गरिएको हो।

एसइईको परीक्षामा मोरङ जिल्लाभरिका संस्थागत विद्यालयहरूबाट ४ जीपीए ल्याउने १३ जना विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको प्याब्सन मोरङका अध्यक्ष जगत बहादुर बस्नेतले जानकारी दिए । सम्मानित हुनेमा विराटनगरका ११ जना र पथरीका २ जना विद्यार्थी रहेका छन्।
सम्मानित हुने विद्यार्थीहरूमा विराटनगरका अभिनास राजवंशी, गौरभ झा, मौलिक ढकाल, नैतिक कुमार पोदार, प्रिन्सा शाह, स्नेहल राज शाह, सुसोभित न्यौपाने, कृति योगल, प्रेम खतिवडा, आयुस्मा ढकाल, निश्चल न्यौपाने, श्रेजि पोख्रेल र पथरीकी आयुस्मा कार्की रहेका छन्।
यस्तै, शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै १५ जना शिक्षकहरूलाई पनि सम्मान गरिएको छ। सम्मानित हुने शिक्षकहरूमा सर्वानी भट्टचार्य, सुनार विश्कर्मा, गायत्रि चापागाई, घनमाया श्रेष्ठ, सुरज विश्वास, बालकृष्ण पौडेल, होम बहादुर मगर, हेमन्ता भण्डारी, निर्मला कुमारी राजवंशी, प्रकाश पौडेल, सुमिता चौधरी, उमेश लुईटेल, मुकेस मण्डल, फडिन्द्र अधिकारी र भुमिका देवी दाहाल रहेका छन् ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका पूर्व राष्ट्रिय अध्यक्ष टीकाराम पुरी र प्याब्सन मोरङका अध्यक्ष जगत बहादुर बस्नेतलगायतले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि टीकाराम पुरीले विद्यार्थीहरूलाई राजनीतिमा लाग्नुपूर्व कुनै निश्चित पेशा वा सीप अंगाल्न सुझाव दिए । उनले नेपालमा मौलाएको ‘झोले’ प्रथाले देशको विकास अवरुद्ध पारेको टिप्पणी गर्दै भने, “जबसम्म मानिससँग आफ्नै पेशा र कमाइ हुँदैन, ऊ सत्तामा पुग्दा भ्रष्टाचारमा लिप्त हुन्छ। त्यसैले नयाँ पुस्ताले पहिला पढ्ने र एउटा पेशामा स्थापित हुने लक्ष्य राख्नुपर्छ।”

आफ्नो ३२ वर्ष लामो शैक्षिक अनुभव सुनाउँदै पुरीले भने, “मैले ३२ वर्ष स्कुल चलाउँदा वार्षिक ३५–४० करोडको कारोबार गर्छु, तर अहिलेसम्म काठमाडौंमा एउटा घर बनाउन सकेको छैन। अहिले पनि म ऋणमै गाडी चढ्छु। तर, विडम्बना के छ भने कुनै आयस्रोत नभएका नेताहरू करोडौँको गाडी चढ्छन् र हामीलाई चाहिँ माफिया र शोषक भनेर गाली गर्छन्।” उनले शिक्षा र पेशा छोडेर राजनीतिमा लाग्ने प्रवृत्तिले देशलाई कङ्गाल बनाउने बताउँदै निजी विद्यालयका समस्या बुझ्ने नेतृत्व चयन गर्न सबैलाई सचेत गराए ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका शैक्षिक प्रशासन प्रमुख राम ढुंगेल, प्याब्सन केन्द्रीय प्राज्ञिक परिषद सल्लाहकार बासुदेव न्यौपाने, हिसान केन्द्रीय सचिव राजेश कार्की, प्याब्सन कोशी प्रदेश अध्यक्ष सुमित थापा र अभिभावक संघ कोशी प्रदेशका अध्यक्ष देवी पन्थीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।