लोड हुँदैछ...

मेनु

भेडेटारबाट ४ सय ४९ किलो गाँजासहित एम्बुलेन्स नियन्त्रणमा

भेडेटारबाट ४ सय ४९ किलो गाँजासहित एम्बुलेन्स नियन्त्रणमा

धरान । धनकुटाको भेडेटारबाट प्रहरीले ४ सय ४९ किलो गाँजासहित एक एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।

धनकुटाबाट धरानतर्फ जाँदै गरेको ना ४ च ६४७४ नम्बरको एम्बुलेन्स सोमबार चेकजाँचका क्रममा गाँजासहित फेला परेको हो ।

प्रहरीका अनुसार एम्बुलेन्स जाँचका लागि रोक्न खोज्दा चालक गाडी छोडेर फरार भएका थिए । खोजतलास गर्दा एम्बुलेन्सभित्र सेतो र कालो प्लास्टिकमा प्याकिङ गरी १५ पोकामा राखिएको गाँजा बरामद गरिएको धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीले जानकारी दिए।

घटनामा संलग्न फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।