विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी कोशी प्रदेशका १४ वटै जिल्लामा निर्वाचन प्रहरीका लागि दरखास्त आह्वान गरिएको छ।
निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रदेशभर कुल २३ हजार ४ सय ९ जना निर्वाचन प्रहरीको माग गरिएको हो।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार इच्छुक नेपाली नागरिकहरूले शुक्रबारदेखि प्रदेशका १४ वटै जिल्ला प्रहरी कार्यालयहरूमा पुगेर आवेदन फारम भर्न सक्नेछन्।
सबैभन्दा बढी मोरङ जिल्लामा ४ हजार ३ सय ८३ र सबैभन्दा कम तेह्रथुम जिल्लामा ५ सय ५० जना म्यादी प्रहरीको कोटा निर्धारण गरिएको छ। निर्वाचन अवधिभरका लागि भर्ना गरिने यी निर्वाचन प्रहरीले सुरक्षा व्यवस्थामा नेपाल प्रहरीलाई सहयोग गर्नेछन्। आवेदनका लागि तोकिएको योग्यता पुगेका १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नागरिकले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न सक्ने प्रवक्ता पोखरेलले जानकारी दिए ।
कुन जिल्लामा कति नागरिक प्रहरी (जिल्लागत सूची)
१. मोरङ: ४,३८३ जना
२. झापा: ४,३०८ जना
३. सुनसरी: ३,१४९ जना
४. ईलाम: १,६३४ जना
५. उदयपुर: १,४४६ जना
६. खोटाङ: १,१८६ जना
७. पाँचथर: १,१३१ जना
८. भोजपुर: १,००१ जना
९. धनकुटा: ९८९ जना
१०. संखुवासभा: ९८८ जना
११. ओखलढुङ्गा: ८७७ जना
१२. सोलुखुम्बु: ८५१ जना
१३. ताप्लेजुङ: ८४६ जना
१४. तेह्रथुम: ५५० जना
कुल जम्मा: २३,४०९ जना



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।