विराटनगर । सुनसरीको धरानका होटल तथा रेष्टुरेन्टहरूमा प्रहरीको ‘घुमुवा’ भन्दै चन्दा असुली गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। धनकुटाको सहिदभूमि गाउँपालिका–७ का ३५ वर्षीय धनबहादुर राईलाई शनिबार राति धरान–१८ बाट रंगेहात पक्राउ गरिएको हो।
आफूलाई इलाका प्रहरी कार्यालय धरानको घुमुवा प्रहरी दाबी गर्दै रकम असुली गरिरहेको अवस्थामा होटल व्यवसायीको सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिइएको डिएसपी भीषणबबु राईले जानकारी दिए। प्रहरीले उनको साथबाट प्र–१–०२–०५९ प ३०७६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ। पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।