लोड हुँदैछ...

मेनु

विराटनगरका मधुकर आचार्य सन् २०२६ का लागि फिफा सहायक रेफ्रीमा छनोट

विराटनगरका मधुकर आचार्य सन् २०२६ का लागि फिफा सहायक रेफ्रीमा छनोट

विराटनगर । मोरङ जिल्ला, विराटनगर–०३ निवासी मधुकर आचार्य सन् २०२६ का लागि फिफा सहायक रेफ्रीमा छनोट भएका छन्। अन्तर्राष्ट्रिय फुटबल महासंघको मान्यता प्राप्त गरेसँगै आचार्यले अब अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा निर्णायकको भूमिका निर्वाह गर्न पाउनेछन्।

आफ्नो खेल जीवनको सुरुवात विद्यालय स्तरबाटै गरेका आचार्यले विराटनगरका मोतीराम स्पोर्टिङ क्लब र सम्राट स्पोर्टिङ क्लब हुँदै विभागीय टोली सशस्त्र प्रहरी बलबाट समेत व्यावसायिक फुटबल खेलेका थिए। खेलमैदानमा प्रदर्शन गर्ने अनुशासन र निष्पक्षताका कारण उनी खेलाडीबाट रेफ्री भूमिकातर्फ आकर्षित भएका हुन्।

सन् २०१६ मा आधारभूत तालिम लिई रेफ्री यात्रा सुरु गरेका उनले सन् २०१८ मा वर्ग–३, २०१९ मा वर्ग–२ र २०२० मा वर्ग–१ को राष्ट्रिय परीक्षा उत्तीर्ण गरेका थिए।

झण्डै एक दशक लामो निरन्तर मेहनत र इमानदारिताको परिणामस्वरूप उनी जनवरी २०२६ बाट लागू हुने गरी फिफाको अन्तर्राष्ट्रिय रेफ्री सूचीमा सूचीकृत भएका हुन्। यो सफलताले आफूलाई खुसी र गौरव थपेको आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।