लोड हुँदैछ...

मेनु

टी–२० विश्वकपका लागि नेपाली टोलीको घोषणा : रोहित कप्तान, दीपेन्द्र उपकप्तान

टी–२० विश्वकपका लागि नेपाली टोलीको घोषणा : रोहित कप्तान, दीपेन्द्र उपकप्तान

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी पुरुष ट्वान्टी–२० विश्वकपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ।

आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म चल्ने विश्वकपका लागि क्यानले रोहित पौडेलको कप्तानीमा बलियो टोली तयार पारेको हो। टोलीको उपकप्तानमा विष्फोटक अलराउन्डर दीपेन्द्रसिंह ऐरी रहेका छन्।

अनुभवी र युवा खेलाडीहरूको उत्कृष्ट सम्मिश्रण रहेको यस १५ सदस्यीय टोलीले विश्वकपमा आक्रामक क्रिकेट खेल्ने अपेक्षा गरिएको छ। नेपालले समूह चरणमा विश्वका केही बलिया राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। टोलीमा सन्दीप लामिछाने, सोमपाल कामी र करण केसी जस्ता अनुभवी अनुहारसँगै लोकेश बम र शेर मल्ला जस्ता युवा खेलाडीहरूले पनि स्थान बनाएका छन्।

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ला, सुन्दीप जोरा, आरिफ शेख, बशीर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, शेर मल्ला र लोकेश बम।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।