विराटनगर । जंगली हात्तीको आक्रमणबाट झापाको मेचीनगरमा एक युवक घाइते भएका छन् । मेचीनगर नगरपालिका–१३ स्थित हातेमालो सामुदायिक वनमा बुधबार साँझ हात्तीले आक्रमण गर्दा स्थानीय २६ वर्षीय आकाश दाहाल घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, हिजो साँझ ६ बजेतिर दाउरा लिन वनमा गएका बेला जंगली हात्तीले उनलाई आक्रमण गरेको थियो ।
हात्तीको आक्रमणबाट दाहालको दाहिने खुट्टामा चोट लागेको छ । घाइते दाहालको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।